
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४५३.३७ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक बढेको दिन कारोबार भने ४ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर ४९ हजार ९३ पटक खरिद बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै