धादिङमा चट्याङ लागेर गोरखाकी दिलासाको निधन

पोखरा । धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी ३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो ।

सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन् । उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी र विशेष उपचारका लागि मुटु र स्नायु अनुगमन आवश्यक भएको भन्दै काठमाडौँ रिफर गरिएको मेडिकल अधिकृत डा कुशल अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार