
तम्घास । चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान ३ हजार रुपैयाँका दरले अनुदान दिने जनाएको छ ।
अनुदान दिनका लागि पालिकाले २ सय ५८ किसान छनोट भएका छन् । जसअनुसार वडा नं १ मा २४, वडा नं २ मा ३४, वडा नं ३ मा नौ, वडा नं ४ मा ३९ तथा वडा नं ५ मा ६९ जना छन् ।
त्यसैगरी वडा नं ६ मा ३१, वडा नं ७ मा १४ र वडा नं ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए।
अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो । जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीले जानकारी दिए । अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ ।
गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताए । ‘समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ’, उनले भने, ‘भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ ।’












समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण