सुनकाे मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा घटबढ भएन । यस दिन सुन मंगलबार कायम मूल्यमा नै खरिदबिक्री हुने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यस्ताे सुन साेही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७१५ रुपैयाँले कारोबार भईरहेको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार