
काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का सेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र सेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । हाल उक्त सेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै निवेदन दिन पाउनेछन् ।
यसका लागि ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र खरीद मूल्य खुलाएर गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।
जसमध्ये जश श्रेष्ठको स्वामित्वको २५ हजार कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी १ लाख कित्ता सेयरको न्यूनतम मूल्य तोकिएको छैन । ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।














समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि