नेप्से परिसूचक १० अंकले बढ्यो, कारोबार ४ अर्ब माथि 

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज पनि १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । आज १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.२० अंकले बढेर ४५४.५७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ ।

परिसूचक बढेको दिन सेयर बजारमा ४ अर्ब ४५ करोड माथिको कारोबार भएको छ । आज ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर ४८ हजार ६४० पटक खरिद बिक्री हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार