
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जीतको शुभकामना दिएका छन् । बुढानिलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले पौडेललाई जीतको शुभकामना दिएका हुन् ।
भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिंदै अल द बेस्ट भनेका थिए । महामन्त्री पौडेल काठमाडौं ५ का विभिन्न क्षेत्रमा मतदातमाझ घरदैलोमा सक्रिय छन् । यसक्रममा बुधबार उनले बुढानिलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गरेका थिए ।
यसैगरी, बुढानिलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँलगायतका ठाउँमा घरदैलो गरेका थिए । त्यसक्रममा उनले विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदान तथा स्वास्थ्य मन्त्रीका रुपमा अघि बढाएका सुधारका काम सकारात्मक भएको भन्दै मतदाताले जितका लागि शुभकामना दिए ।
उम्मेदवार पौडेलले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरुमा सक्रियतापूर्वक काम गरेको भन्दै अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार, विष्णुमति करिडोर लगायतका काम क्षेत्रमा अघि बढेको र सांसद तथा मन्त्रीका रुपमा स्वास्थ्य सुधारमा काम गरेको बताए । उनले आगामी दिनमा पनि क्षेत्रका विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमान्दारिताका साथ लागि पर्ने प्रतिबद्धता उनले जनाएका थिए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना