निर्वाचनका आउन ७ दिन बाँकीः कर्णालीमा ३५९ वटा मतदानस्थल अति संवेदनशील

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिए ।

प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ १ हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र  सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन् ।
एउटा मात्र केन्द्र भएको स्थलको संख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको संख्या १२, पाँच केन्द्र भएको स्थलको संख्या एक, छ केन्द्र भएको स्थल १ रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको संख्या १८, थप मतदान केन्द्रको संख्या ४९६ रहेका छन् ।

कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई/दुई वटा र अन्य आठ जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाना संख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार