सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १ लाखभन्दा बढी लगानीकर्ताले पाए १० कित्ता सेयर

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आइतबार बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो।

बाँडफाँड नतिजाअनुसार १ लाख २८ हजार ६५० जना आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीको आईपीओमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको थियो। कुल २८ लाख ८० हजार ४७० योग्य आवेदकबाट करिब २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी बराबरको आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बिक्री खुला गरेको थियो। माग अत्यधिक भएपछि सेयर न्यूनतम बाँडफाँड प्रणालीअनुसार वितरण गरिएको हो।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई गत पुस ६ गते आईपीओ निष्काशनको स्वीकृति प्रदान गरेको थियो। सुपर खुदी हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लामा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार