
काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत उक्त रकम उठाउन लागेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन प्रक्रियाअन्तर्गत न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । बाँकी रकम भने निःशेष भागअनुसार बाँडफाँट गरिने जनाइएको छ ।
यस निक्षेप संकलन कार्यक्रममा सहभागी हुनका लागि बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकबाट क, ख वा ग वर्गको इजाजतप्राप्त हुनुपर्नेछ । बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ । राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गर्ने जनाएको छ । बैंकिङ प्रणालीमा हाल अधिक तरलता देखिएपछि बजारमा उपलब्ध अतिरिक्त रकम व्यवस्थापन गर्न केन्द्रीय बैंकले समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड