सुनचाँदीको मूल्य उच्च वृद्धि, कति पुग्यो तोलाको ? 

काठमाडौं । नेपाल बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य घटेको सुनको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको चाँदीको मूल्य पनि आज बढेको हो ।

आज सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य २४५ रुपौँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ७४० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार