कास्की-१ मा रास्वपाका पौडेल अगाडि

काठमाडौं । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)ले ३०७ ल्याएका छन् । यो रुपा गाउँपालिका १ र २ को मत गणना हुँदाको परिणाम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार