काठमाडौं । एमालेका सचिव महेश बस्नेतको क्षेत्र भक्तपुर २ मा पनि राष्ट्रिय स्वतन्त्रता पार्टीले अग्रता लिएको छ । त्यस क्षेत्रका प्रभावशाली मानिने बस्नेतलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले पछि पारेका हुन्।
अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाउँदा नेकपाका रामप्रसाद सापकोटाले १७ पाएका छन् ।