रुपन्देही–२ : रास्वपाका सुलभ विजयी, विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ ।

उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए ।

तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार