रौतहट–२ मा कांग्रेसका डा.आलम निर्वाचित

काठमाडौं । रौतहट २ मा नेपाली कांग्रेसका डा.मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे । सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार