सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । आज सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदी ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ४७५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार