
काठमाडौं । मंगलबार सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन लगातार तीन वटा सकारात्मक सर्किट लागेर छोटो समयमा नै बन्द भएको सेयर बजार आज भने उच्च अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.११ प्रतिशतले कम हो । आज सेयर बजारमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.४० अंकले घटेर ४८९.६९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा उच्च कारोबार भएको छ । आज सेयर बजारमा २१ अर्ब माथिको कारोबार भएको छ । आज ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ पटक खरिद बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै