सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ४९५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार