
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि निष्काशन गरिरहेको पहिलो चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ आज बन्द हुँदैछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितलाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता आईपीओ निष्काशन गरिरहेकोमा वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरेको आईपीओ आज साँझ बैंकिङ्ग समयपछि बन्द गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारेबाट मागभन्दा बढी मात्रामा आवेदन परिसकेकाले पूर्व निर्धारित समय बमोजिम आज निष्काशन बन्द गर्न लागिएको जानकारी दिएको छ । यता आयोजना प्रभावितले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि