काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घटेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.४१ अंकले बढेर ४८६.८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने केही गिरावट देखिएको छ ।
आज सेयर बजारमा १४ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन साढे १४ अर्ब माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर १ लाख २४ हजार ४९० पटक खरिद बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।