
झापा। झापाको भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजन भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टोलीले रु ११ लाख नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सुब्बाले बताए। महिला फुटबलको इतिहासमै यति धेरै नगद पुरस्कार पहिलोपल्ट दिइन लागेको हो ।
उनका अनुसार नेपाल, भारत र भुटानका १० वटा महिला फुटबल टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालका शीर्ष टिमसहित भारत र भुटानको टिम आउने पक्का भइसकेको छ । आयोजकले अन्य देशबाट पनि टिम ल्याउने प्रयास गरिरहेको जनाएको छ ।
झापालाई महिला फुटबलको हब बनाउने र फुटबलबाटै भविष्य देखेका खेलाडीलाई प्रोत्साहित गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिने उनले बताए । प्रतियोगिताका लागि अहिले मेची रङ्गशालाको मैदानमा आवश्यक तयारी भइरहेको छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर