
काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा दुई पटकको अग्रता जोगाउन नसक्दा बर्नमाउथसँग २-२ को बराबरी रोकिएको छ। बर्नमाउथविरुद्धको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो।
६१ औं मिनेटमा युनाइटेडले पहिलो गोल पेनाल्टीमार्फत गर्यो। एलेक्स जिमेनेजले माटेउस कुन्हालाई बक्सभित्र तानेपछि पेनाल्टी दिइएको थियो। ब्रुनो फर्नान्डेसले सहजै गोल गरे। तर ६७ औं मिनेटमा बर्नमाउथले बराबरी फर्कायो। रायन क्रिस्टीले बक्स बाहिरबाट प्रहार गर्दै गोल गरे।
त्यसपछि ७१ औं मिनेटमा युनाइटेड अघि बढ्यो। फर्नान्डेसको कर्नरमा बलमट जेम्स हिलबाट आत्मघाती गोल भयो।
छोटो समयको अन्तरालमा गोल भएपछि खेल निकै प्रतिस्पर्धात्मक बन्यो। खेल सकिन ९ मिनेट बाँकी रहँदा म्याग्वायरले बक्सभित्र इभानिल्सनलाई रोकेपछि रेफ्रीले पेनाल्टी दिँदै उनलाई सिधै रातो कार्ड देखाए। जुनियर क्रुपीले पेनाल्टीलाई गोलमा परिणत गर्दै बर्नमाउथलाई महत्वपूर्ण बराबरी दिलाए। युनाइटेड ५५ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ। १० औं स्थानमा रहेको बर्नमाउथको ४२ अंक छ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय