
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ । दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो ।
दिल्लीले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो । कोलकाताका फिन एलेनले ४७ बलमा शतक बनाए । आईपीएल अङ्क तालिकामा दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ भने कोलकाता १० खेलमा ९ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना