काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
मन्त्री हुँदा खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई चर्चामा समेत ल्याएको थियो । त्यसलाई ब्रान्डिङ गर्दै उनले चुनावमा होमिएका उनी पुनस् निर्वाचित भएर आएका हुन् ।
२१ फागुनको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् । २४ हजार ५९२ मत ल्याएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।