
काठमाडौं । गभर्नर नियुक्तिमा भएको ढिलाइको प्रभाव सेयर बजारमा देखिएको छ । सरकारले तत्काल नयाँ गभर्नर नियुक्त गर्ने सम्भाना टरेसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो ।
सोमबार सरकारले कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिएसँगै गभर्नर नियुक्तिमा ढिलाई हुने देखिएको छ । गभर्नर नियुक्तिलाई पर्खिरहेको बजार आज १ प्रतिशत भन्दा बढीले घटेर कारोबार बन्द भएको छ । सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेको छ । यो अघिल्लो कारोबार भन्दा १.२३ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६७० दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८५ अंकले घटेर ४४६ दशमलव २३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८४ करोड माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड १४ हजार ८६६ कित्ता सेयर ५५ हजार ७१२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम