
काठमाडौं । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले १६ औं वार्षिक साधारणसभा असोज १० गतेका लागि साधारणसभाको मिति तोकेको हो ।
कम्पनीले भदौ १९ गते बसेको सञ्चालक समितिको बैठक अजोर १० गते काठमाडौंको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा साभारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र प्रबन्ध सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित हुनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन पाउनेछन् ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व