काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलाको ५ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६७० रुपैयाँ रहेको थियो ।