
काठमाडौं । यमनको हुथी विद्रोही समूहले २९ मार्चमा इजरायलको दक्षिणी क्षेत्रमा दोस्रो चरणको शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । यो घटनाले पश्चिम एसियाको युद्धलाई अझै जटिल र भयानक मोडमा पु¥याएको छ । हुथी सैन्य प्रवक्ता याह्या सरीका अनुसार, यो दोस्रो सैन्य अपरेसन भएको, जसमा क्रुज मिसाइल र ड्रोनहरूको प्रयोग गरिएको छ । एक दिनअघि इरान युद्ध सुरु भएयता पहिलो मिसाइल प्रहार गरेको बताएको थियो ।
इजरायलका महत्त्वपूर्ण सैन्य स्थलहरूलाई निसाना बनाइएको दाबी गरिएको छ । यो आक्रमण इरान र लेबनानको हिजबुल्लाहसँगको समन्वयमा गरिएको उनीहरूले बताएका छन् । हथीहरूले इजरायल र अमेरिकाको आक्रमण नरोकिउन्जेल आगामी दिनहरूमा पनि यस्ता प्रहारहरू जारी रहने चेतावनी दिएका छन् ।
यसैबीच यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूको यो कदमको घोर भत्र्सना गरेको छ । सरकारले इरानले आफ्ना आतंककारी लडाकुहरूमार्फत यमनलाई जबरजस्ती क्षेत्रीय युद्धमा धकेल्न खोजेको आरोप लगाएको छ । यस्ता सैन्य गतिविधिले यमनको राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षालाई जोखिममा पारेको र यसले खाद्यान्न तथा इन्धनको मूल्य अझै बढाउने चेतावनी सरकारले दिएको छ ।
यदि हुथीहरूले रेड सी (लाल सागर)को दक्षिणी प्रवेशद्वार बाब अल–मन्देव जलमार्ग मा व्यावसायिक जहाजहरूलाई निसाना बनाउन थाले भने यसले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने बताइएको छ । यो जलमार्ग स्वेज नहर हुँदै युरोप र एसिया जोड्ने मुख्य कडी हो । यहाँ अवरोध हुनु भनेको विश्वव्यापी आपूर्ति शृंखला ठप्प हुनु हो । यसअघि नै ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध भएका कारण तेल र ग्यासको मूल्य बढिरहेको बेला यो नयाँ मोर्चाले ढुवानी खर्च र बिमा शुल्कमा भारी वृद्धि गराउने बताइएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो