
काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर मूल्य आज दोहोरो अंकले नै घटेको हो ।
आज सेयर बजार कारोबार बन्द हुँदा करिब २५ अंकले घटेको हो । आज सेयर बजारमा २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १८ अंकले घटेर ४६९ दशमलव ०३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य मात्रै बढेको छ भने १० उपसूचकको सेयर मूल्य भने घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३२ वटाको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको बजार आज ९ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६७७ पटक खरिद बिक्री हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम