
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गरेको छ । कम्पनीले आज वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड भइसकेको छ ।
अब बाँकी आईपीओमध्ये १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोष र ४२ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरिएको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म माग गर्न सकिन्छ । आवेदन दिने अन्तिम मिति वैशाख २२ गते रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।












समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन