
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले आइतबार दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले प्रारम्भमा १० दिन हिरासतको माग गरेको थियो।
ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो। पक्राउ जेन–जी आन्दोलनमा भएको दमनको घटनासँग सम्बन्धित छ। आयोगले फौजदारी मुद्दामा कारबाही सिफारिस गरेपछि मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई अनुमति दिएको थियो। अदालतमा उपस्थित हुन लेखकलाई आइतबार बिहान बोलाइएको थियो भने ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कारण भर्चुअल रूपमा उपस्थित भएका थिए।
यसैबीच, ओली पक्राउको विरोधमा एमालेले शनिबारदेखि आफ्ना कार्यकर्तालाई सडकमा उतारेर प्रदर्शन गरिरहेको छ। जाँचबुझ आयोगले तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरू सहित ओली र लेखकमाथि अनुसन्धान सिफारिस गरेको छ। आयोगको प्रतिवेदन अनुसार प्रहरीले उनीहरूलाई ‘ज्यान सम्बन्धी कसुर’ सहित अनुसन्धान गरिरहेको छ। आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयनका लागि प्रहरीमा पठाएको हो।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात