इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

काठमाडौं । कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने तेस्रो क्षेप्यास्त्र कतारको जलक्षेत्रमा कतार इनर्जिनीलाई दिइएको तेल ट्याङ्करमा खसेको छ ।” चालक दलका २१ सदस्य रहेको उक्त ट्याङ्करलाई कुनै मानवीय क्षति नपु¥याउन सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

इरानको रिभोलुसनरी गाड्र्सले कतारको स्वामित्वमा रहेको ट्याङ्कर एक्वा–१ लाई आक्रमण गरेको पुष्टि गरेको छ। गाड्र्सले सरकारी टेलिभिजनमार्फत् जारी एक विज्ञप्तिमा जहाज इजरायली भएको र निशाना बनाइएको जनाएको छ।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको अमेरिका र इजरायली आक्रमणको जवाफमा खाडी मुलुकहरूले गत महिनादेखि इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ। इरानले तेलको धनी खाडी राष्ट्रहरूमा हाइड्रोकार्बन पूर्वाधारहरू र ढुवानीमा प्रयोग हुने जहाजलाई लक्षित गरेको छ ।

यी निशानाले प्रभावकारी रूपमा रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ । यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत इन्धन (तेल) आपूर्ति हुन्छ । इन्धन ट्याङ्कर एक्वा–१ ले बुधबार बिहानै कतारको उत्तरी जलक्षेत्रमा क्षेप्यास्त्र आक्रमणमा जहाजमा सामान्य क्षति भएको तर यसबाट चालक दलका कुनै सदस्य घाइते नभएको पुष्टि गरेको छ ।

बेलायती सामुद्रिक सुरक्षा निकाय ‘यूके मेरिटाइम ट्रेड अपरेसन ( युकेएमटीओ)’का अनुसार दोहाबाट १७ नटिकल माइल उत्तरमा सो दुर्घटना भएको हो । जहाजलाई विश्वको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) क्षेत्र रास लाफानको उत्तरमा दुई प्रोजेक्टाइलले लागेको थियो।

“एउटा प्रोजेक्टाइलले लागेपछि आगो लागेको थियो तर यसलाई पछि निभाइएको थियो र अर्को ‘जहाजको इन्जिन कोठामा विस्फोट भएको छैन,” बेलायती सामुद्रिक सुरक्षा निकायले भनेको छ।

निजी सुरक्षा फर्म एम्ब्रे र भ्यानगार्डले पनि ट्याङ्करको इन्जिन कोठामा विस्फोट नभएको बताएका छन् । यसबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यसअघि युकेएमटीओले ट्याङ्करलाई बन्दरगाहको छेउमा अज्ञात प्रोजेक्टाइलले ठक्कर दिएको र पानीको रेखामाथिको हलमा क्षति पुर्याएको बताएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार