
काटमाडौं । सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ८ गतेदेखि चैत ११ गतेसम्म ५ लाख ७० हजार कित्ता आईपीओ खुला गरेको थियो ।
उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। यसरी मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा भाग्यशाली ५७ हजार जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २६ हजारभन्दा बढी आवेदकको हात रित्तिएको छ ।
यता कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थप भएको छ। आयोजना प्रभाविततर्फको आईपीओ पनि बाँडफाँड भइसकेपछि मात्रै सर्वसाधारणलाई आईपीओ निष्काशन गरिनेछ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह