
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा कमाएको हो ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । बैंकको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । गत आवमा १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकको चालु आवमा १६.११ प्रतिशतले घटेर ९१ करोड १३ लाख रुपैयाँमा झरेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा ८.२७ प्रतिशतले वृद्धि भएको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवमा बैंकको यस्तो आम्दानी २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ मात्रै थियो । बैंकको कुल सञ्चालन आम्दानी पनि १३.४१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । जुन गत आवमा ३ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.९६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ ।
चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १५ करोड ८१ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब २८ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको ग्राहकमा कर्जा प्रवाह १ खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ छ भने निक्षेप संकलन १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम