सेयर बजारमा ३३ अंकको वृद्धि, साढे १० अर्ब माथिको कारोबार 

काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो कारोबार दिन सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । यो वर्षको पहिलो दिन बुधबार सेयर बजार परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.१७ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य आज घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले बढेर ४८१.८७ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचक बढेको दिन सेयर बजारमा साढे १० अर्ब माथिको कारोबार भएको छ । आज ३४४ कम्पनीका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर १ लाख २३ हजार ३५९ पटक खरिद बिक्री हुँदा १० अर्ब ५३ करोड ७०लाख ८ हजार ७९६ रुपैयाँको कारोबार भएको छ ।

परिसूचक उच्च अंकले बढेको दिन ७ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार