
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयरमा आवेदन दिने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले कुल १७ लाख ४३ हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले सम्हालेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १७ गते प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको थियो ।
याम्बालिङ्ग हाइड्रोपावरले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० फागुन ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट