
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ दशमलव ६५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८५ प्रतिशतले कम हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ७४ अंकले घटेर ४७८ दशमलव १६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १३ वटैको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा जम्मा २० कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै २२४ कम्पनीको सेयर मूल्य घट्दा १ कम्पनीको सेयर मूल्य भने स्थिर हरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन ११ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज करिब साढे १० अर्ब बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १ लाख ५ हजार ८२७ पटक खरिद बिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह