
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटलाई नियुक्त गरेको छ ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले रु.१०० अंकित दरका ५४,२५,८३३ कित्ता सेयरले हुन आउने रकम रु.५४,२५,८३,३०० को १ः१ बराबर अर्थात रु.१०० दरका ५४,२५,८३३ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । उक्त सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदीज्यू र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीज्यूले हस्ताक्षर गरेका हुन् ।
एन आई सी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवा मार्फत हाल सम्म रु.१८ अर्व ९४ करोड भन्दा बढी सेयर पुँजी रकम संकलन गर्न सफल भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्काशन तथा बिक्री प्रवन्ध गरी करिव रु.२ अर्ब रकम संकलन गर्न सफल भएका छौं । साथै हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक सेयर तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू