
काठमाडौं । माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ।बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार चितवनको हाकिमचोक शाखालाई नारायणगढ शाखासँग, काठमाडौंको बालाजु शाखालाई गोंगबु शाखासँग, खुसी शाखालाई डल्लु शाखासँग, कलंकी शाखालाई स्वयम्भू शाखासँग, कोटेश्वर शाखालाई नयाँ बानेश्वर शाखासँग तथा ठमेल शाखालाई दरबारमार्ग शाखासँग समायोजन गरिएको छ।
यस्तै, कास्कीको लामाचौर शाखालाई बगर शाखासँग तथा पर्साको वीरगञ्ज (लिङ्क रोड) शाखालाई आदर्शनगर शाखासँग समायोजन गरिएको बैंकले जनाएको छ।

फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि