
काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । रामेन्द्र रायमाझी अध्यक्षमा संघको नयाँ कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा मनिष नारायण जोशी चयन भएका छन् । त्यस्तै महासचिवमा निर्मल भट्टराई निर्वाचित भएका छन् । कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।
विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पुँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।
उक्त सभाको निर्वाचन प्रक्रिया सकारात्मक र सहकार्यपूर्ण वातावरणमा सम्पन्न भएको थियो जसले संघको एकता र भविष्यप्रतिको साझा दृष्टिकोणलाई झल्काएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवालाहरू र नियामक निकायहरूसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम