एनएमबी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले खुला प्रतिस्पर्धाबाट योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।

संस्थाले वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, कृषि प्राविधिक, शाखा प्रमुख/फिल्ड सहायक तथा सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी भर्ना गर्ने जनाएको छ । वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षण तर्फ अधिकृत श्रेणीका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सीए/सेमी सीए वा व्यवस्थापन विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा २ वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ। सूचना प्रविधि तर्फ अधिकृत/सहायक श्रेणीका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ ।

कृषि प्राविधिक पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट आई.एस्सी एजी/भेटेरिनरी/जेटिए परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । साथै ग्रामीण क्षेत्रमा गई कृषि तथा पशुपालन सम्बन्धी प्राविधिक सेवा प्रदान गर्ने, पशुपक्षी सम्बन्धी उपचार, परामर्श तथा तालिम दिने सम्बन्धमा १ वर्षको कार्यअनुभव आवश्यक पर्ने जनाइएको छ । त्यसैगरी शाखा प्रमुख/फिल्ड सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शाखा प्रमुख वा फिल्ड सहायकको जिम्मेवारीमा २ वर्षको अनुभव भएको हुनु पर्नेछ। सहायक प्रशिक्षार्थी पदका लागि भने कम्तीमा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार