
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ ।
नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहँुचमैत्री सुविधाहरु समावेश गरी सबै बर्गका ग्राहकहरुका लागि समान पहूँच सुनिश्चितता गरेको छ । नयाँ व्यवस्था अन्तर्गत वेबसाईटमा स्क्रिन रिडर (screen reader) मैत्री संरचना, अक्षर आकार परिवर्तन गर्ने सुविधा (font size change), उच्च कन्ट्रास्ट ( high contrast) विकल्प तथा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरुलाई लक्षित अन्य आवश्यक पहँुच सम्बन्धी सुविधाहरु समावेश गरिएको छ । समावेशी बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहेको र सबै नागरिकलाई सहज, सुरक्षित तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो दायित्वलाई निरन्तर सुदृढ गर्दै जाने विश्वास बैंकले व्यक्त गरेको छ ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम