
बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीको भरमा छन् ।
पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैसम्म धान रोप्न नसकेका कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताइन् । उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ शुक्रबारसम्म १८ प्रतिशतमात्र भएको छ । रोपाइँ भएकोमध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरिरहेका छन् ।
मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताए । उनका अनुसार जिल्लामा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेकाले ती क्षेत्रमा रोपाइँ भइरहेको सूचना अधिकारी शर्माको भनाइ छ । उनका अनुसार सिँचाइ अभावका कारण जिल्लाका अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।
रोपाइँको समय भएकाले सिक्टाको पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको आयोजना कार्यालयका सूचना अधिकारी मनोज शाहले बताए । उनका अनुसार राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएकामा हालसम्म २४ हजार क्षेत्रका किसानले सिँचाइ सुविधा पाएका छन् ।












समाचार
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा