
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता सेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख ७८ हजार २३९.९० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूको २० हजार ३४७.२० कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्मका लागि संस्थापक सेयरधनीले लगानी गरेको सेयरका साथै आयोजना प्रभावित र कम्पनीका कर्मचारीहरूमा बाँडफाँड गरिएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ ।
लकइन अवधि सकिएसँगै भदौ १८ गतेदेखि उक्त शेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ । तर सञ्चालकहरू तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।











समाचार
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
उद्योग विभागको अधिकांश सेवा अब अनलाइनबाटै
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न
पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
कुमारी बैंक लिमिटेडको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री
बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ