
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ। इन्डियन आयल कर्पोरेसनबाट ३० साउनमा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको ३१ साउनमा बसेको बैठकले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो। नयाँ मूल्य १ साउनदेखि लागु हुनेछ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोल र डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललाई राखिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि उपभोक्तामाथि तत्काल मूल्यवृद्धिको भार नपार्ने गरी साबिककै मूल्य कायम राखिएको जनाएको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।














समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना