
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो ७ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तकले आगामी भदौ २७ गतेका लागि सभा आह्वान गरेको हो ।
उक्त सभा लहानस्थित विशाल होटलमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची राखिएको छ ।
सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। साथै, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिला सदस्यसहित दुई जना सञ्चालक निर्वाचित गर्ने विषय पनि साधारणसभाको कार्यसूचीमा राखिएको छ ।
विशेष प्रस्तावतर्फ वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियम संशोधन स्वीकृत गर्ने विषय समावेश गरिएको छ । जारी चुक्ता पुँजी वृद्धि गर्ने तथा अन्य आवश्यक दफा र नियममा संशोधन गर्ने प्रस्तावसमेत राखिएको छ । प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल, सुझाव वा निर्देशन आएमा त्यसअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत रहेको छ ।
त्यसैगरी, सेयरधनीलाई एक बराबर तीनको अनुपातमा हकप्रद सेयर माग गर्ने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । संस्थाले अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्तावसमेत अघि सारेको छ । सञ्चालकहरूको भत्ता तथा सुविधा परिमार्जन गर्ने विषय पनि विशेष प्रस्तावअन्तर्गत राखिएको छ ।
सेयरधनीको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी भदौ १९ गते सेयर कारोबार बन्द गरिने संस्थाले जनाएको छ । उक्त मितिपछि कायम हुने सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन् ।












समाचार
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा