नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो ।
नयाँ वरीयतामा नेपाल ९९ औं स्थानमा छ । अघिल्लो पटकको वरीयतामा नेपाल ९८औं स्थानमा थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९औं स्थानमा छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपाल भन्दा अघि रहेको भारत ६८औं स्थानमा छ ।
विश्व वरीयतामा अमेरिका चार स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको छ । यस्तै इंग्ल्यान्ड दोस्रो स्थानमा छ भने स्पेन तेस्रो स्थानमा छ । जर्मनी चौंथो स्थानमा यथावत रहँदा फ्रान्स आठ स्थान तल खस्किएर १०औं स्थानमा पुगेको छ ।