
काठमाडौं । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा श्रीलङ्का ४२ रनमै अलआउट भएको छ । दक्षिण अफ्रिकाको डरबनमा खेलको दोस्रो दिनको खाना समयपछि श्रीलङ्का ४२ रनमा समेटिएको हो ।
श्रीलङ्काका कमिन्दु मेन्डिसले सर्वाधिक १३ रन बनाए । श्रीलङ्काका ५ जना खेलाडी शून्य रनमै आउट भए । दक्षिण अफ्रिकाका मार्काे यानसेनले ७ विकेट लिए । टेस्ट क्रिकेटमा श्रीलङ्काको यो सबैभन्दा कम रन हो । यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १ सय ९१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ७० रन बनाए । श्रीलंकाका लागि अशिथा फर्नान्डो र लाहिरु कुमाराले ३÷३ विकेट लिए ।
घरेलु टोली दक्षिण अफ्रिका र श्रीलङ्काबीच दुई वटा खेलको टेस्ट शृङ्खला भइरहेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि