
समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा प्रदान गर्ने उक्त पुरस्कारका लागि आवेदन आह्वान गरेको हो ।
सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय, बालबालिकालाई पालन पोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति वा सङ्घ संस्थालाई आवेदन दिन भनिएको हो । त्यस्ता संस्था तथा व्यक्तिलाई मन्त्रालयले नगद तथा प्रशंसा पत्रसहितको समाज कल्याण शिक्षा पुरस्कारबाट पुरस्कृत गर्न लागेको हो ।
त्यसका लागि भदौ २० गतेभित्र मन्त्रालयको नीति तथा सहकारी सङ्घ संस्था समन्वय शाखामा निवेदन दिन भनेको हो । निवेदन दिँदा साथमा संस्थाको विधान, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव, लाभान्वित बालबालिका सङ्ख्या, प्रतिष्ठा र विश्वसनीयताको प्रमाण लगायतका कागजात पेस गर्नुपर्नेछ ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने