
रामेछाप । रामेछापको उच्च लेकाली क्षेत्रमा रैथाने बालीको रुपमा लगाइदै आएको सेतो सिमीको माग बढेसँगै किसानहरु उत्साहित भएका छन् । सेतो सिमी स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी हुने भएकाले यसको माग पनि उच्च रहेको छ । किसानहरुले उत्पादन गरेको सिमी पाथीको ६ सयदेखि ७ सय रुपैयाँसम्म गाउँमै बिक्री हुने गरेको छ ।
उच्च लेकाली क्षेत्रको हावापानीमा मात्रै हुने यो सिमी विशेषगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ती, प्रिती, कुभुकास्थली र गुप्तेश्वर लगाएतका वडाहरुमा खेती गरिँदै आएको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन । उमाकुण्ड गाउँपालिकासँगै गोकुलगङ्गा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीमा पनि सेतो सिमीको खेती गर्ने किसानहरुको सङ्ख्या बढेको छ । सिमी किन्न गाउँमै व्यापारीहरु पुग्ने गरेका छन् । किसानले उत्पादन गरेको सिमी काठमाण्डौका ठूलठूला रेष्टुरेन्ट, होटलहरुमा दालको रुपमा प्रयोग गरिन्छ ।
केही वर्षअघिसम्म थोरै किसानहरुले लगाउँदै आएको सेतो सिमी पछिल्ला वर्षहरुमा किसानहरुले व्यवसायीक रुपमा खेती गर्न थालेका छन् । रैथाने बालीको रुपमा रहेको या सिमी खेतीलाई अझै बढाउन सके किसानहरुको आर्थिक अवस्था सुधार हुने उमाकुण्ड गाउँपालिका–४ प्रितीका मानवहादुर खत्रीले भनाइ छ ।












समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले